स्थानीय तह निर्वाचन : जुुम्लामा पुगे मतपत्र

काठमाडौं, वैशाख २० : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेका छन् ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिए । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उनले बताए ।
नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो । जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ ।
पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् ।
प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












