Kathmandu Press

जीप दुर्घटनामा मृत्यु

गोरखा, वैशाख २० : गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका...
जीप दुर्घटनामा मृत्यु
Hardik ivf

गोरखा, वैशाख २० : गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ। 

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्च्याइएको जनाएको छ। 

चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो। 

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्