Kathmandu Press

मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

रसुवा, वैशाख २० : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको...
मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

रसुवा, वैशाख २० : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ। 

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। 

Hardik ivf

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि  मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो। निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै नागरिकको साझा दायित्व भएकाले प्रहरीको कदमलाई यनका व्यापारी व्यवसायीले पूर्णरूपमा सहयोग गर्नेमा प्रहरी आशावादी भएको बताइएको छ।

मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न नेपाल प्रहरीले व्यवसायीलाई अनुरोध गरे पश्चात्त निर्देशन कार्यान्वयन हुन थालेको यहाँका व्यवसायीले बताएका छन्। रसुवागढी नाका, पर्यटकीय क्षेत्र एवं चिसो स्थान भएका कारण बढी मात्रामा खपत हुने मदिरा नियन्त्रणका लागि नेपाल प्रहरीले चालेको कदम स्वागत योग्य भएको विश्लेषकले बताएका छन्। 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्