Kathmandu Press

हुम्लामा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट, वैशाख २० : हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ।नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट,...
हुम्लामा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट, वैशाख २० : हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ।

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन्। सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ। टेलीफोन सेवा अवरुद्ध भएपछि कहाँ र कसरी अवरुद्ध भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ।

Hardik ivf

यहाँका नागरिकहरु फोन गर्नकै लागि अग्लो डाँडामा चढेर घण्टौ कुरेर फोन गरी फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताएका छन्।

यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित बनेका छन् । दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न पनि समस्या भएको छ। 

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्