सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

काठमाडौं, वैशाख २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











