Kathmandu Press

नेपालगञ्जमा धुमधामले इद मनाइयो

बाँके, वैशाख २० : इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र नेपालगञ्जमा हर्षोल्लासका साथ धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो...
नेपालगञ्जमा धुमधामले इद मनाइयो

बाँके, वैशाख २० : इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र नेपालगञ्जमा हर्षोल्लासका साथ धुमधामले मनाइएको छ ।

पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि नेपालगञ्जको इदगाहमा आज बिहान  ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो ।

Hardik ivf

सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए । मस्जिदभित्र स्थान साँघुरो भएका कारण आधाभन्दा बढी प्रार्थना गर्नेहरू सडकमै कपडा ओछ्याएर प्रार्थना गरिरहेका थिए ।

प्रार्थना सकेपछि एकापसमा अंकमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ । रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ ।

 ‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ । रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको नेपालगञ्जका मुस्लिम अगुवा निजामुद्दिन इद्रिसीले जानकारी दिए।

रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । उनले देशको विकास र सुख, शान्तिको लागि प्रार्थना गरेको बताए।

 

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्