Kathmandu Press

कोलकत्तासँग राजस्थान सात विकेटले पराजित

कोलकत्तासँग राजस्थान सात विकेटले पराजित

काठमाडौं, वैशाख २०: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ।

गएराति मुम्बइमा भएको खेलमा राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो। कोलकताका लागि नितिस रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रन बनाए। कप्तान श्रेयस एय्यरले ३४ रन बनाए।

Hardik ivf

यसअघि ब्याटिङ गरेको राजस्थानले पाँच विकेटको क्षतिमा १५२ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु स्याम्सनले ५४ रन बनाए। त्यस्तै, सिम्रन हेटमायरले २७, जोस बट्लरले २२ र रियान परागले १९ रन बताए।

यो जितसँगै कोलकाताले १० खेलमा ८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। राजस्थान भने १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ।

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्