Kathmandu Press

प्रेस चौतारीका अध्यक्ष बस्नेतसहितका पत्रकारलाई काउन्सिलको ध्यानाकर्षण

काठमाडौं, वैशाख १९ : प्रेस काउन्सिल नेपालले आज जनता टाइम्स अनलाइनका अध्यक्ष गणेश बस्नेतसहित सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ...
प्रेस चौतारीका अध्यक्ष बस्नेतसहितका पत्रकारलाई काउन्सिलको ध्यानाकर्षण

काठमाडौं, वैशाख १९ : प्रेस काउन्सिल नेपालले आज जनता टाइम्स अनलाइनका अध्यक्ष गणेश बस्नेतसहित सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ । बस्नेत नेकपा एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष समेत हुन् । 

काउन्सिलले पत्रकारले सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) प्रतिकूल भएको भन्दै ध्यानाकर्षण गराएको हो ।  

Hardik ivf

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको छ । 

काउन्सिलले सोही आधारमा ध्यानाकर्षण गराएको हो । पत्रकार आचारसंहितामा व्यवस्था भएबमोजिम पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गरी ती पत्रकारलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ । 

विसं २०७८ चैत २६ गतेदेखि बिहीवारसम्म काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलले सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाई त्यसबारे निर्वाचन आयोगलाई जानकारी दिँदै आएको छ ।

निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमबाट आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमनसमेत गर्दै आएको छ ।  निर्वाचन आचारसंहिता २०७८ मा कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुनेलगायत सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्