देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, वैशाख १९ : देशका विभिन्न भागमा भएको सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–११ स्थित सडकमा बा.६१ प ८९८८...
काठमाडौं, वैशाख १९ : देशका विभिन्न भागमा भएको सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–११ स्थित सडकमा बा.६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक कोटेश्वर बस्ने डडेलधुरा अमरगढी नगरपालिका–५ घर भएका २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपाचरको क्रममा मृत्यु भएको हो ।
यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरे जंगलस्थित सडकमा बाग्मती प्रदेश ०१०२६ च २५११ नम्बरको कार आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा कारमा सवार डडेलधुरा अम्मरगढी नगरपालिका–७ बस्ने १५ वर्षीया प्रशन्सा ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी बाँकेकै राप्तीसोनारी गाउँपालिका २ ठुरे जंगलस्थित सडकमा रा.१ क ८८६ नम्बरको ट्रक अनियन्त्रीत भई पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा ट्रक चालक ट्रकमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय बिजय बहादुर सोनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रक चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२–००३ प ४६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका–१० बस्ने ६० वर्षीय केशव राज अवस्थीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।
यता, मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा ना.३ ख ६७६ नम्बरको ट्रकले प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–१६ बस्ने २९ वर्षीय रुपक श्रेष्ठको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












