Kathmandu Press

यात्रुवाहक विमान ठोक्किँदा १४ यात्रु र चालक दलका तीन सदस्य घाइते

नयाँ दिल्ली, वैशाख १९ : भारतमा यात्रुवाहक विमान ठोक्किदा  कम्तीमा १४ यात्रु र चालक दलका तीन जना सदस्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका...
यात्रुवाहक विमान ठोक्किँदा १४ यात्रु र चालक दलका तीन सदस्य घाइते

नयाँ दिल्ली, वैशाख १९ : भारतमा यात्रुवाहक विमान ठोक्किदा  कम्तीमा १४ यात्रु र चालक दलका तीन जना सदस्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्।

बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ।

१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो।

आपसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए।

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, वैशाख १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्