Kathmandu Press

भारतमा २४ घण्टामा ३ हजार १५७ जनामा कोरोना सङ्क्रमण

नयाँ दिल्ली, वैशाख १९ : भारत २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको...
भारतमा २४ घण्टामा ३ हजार १५७ जनामा कोरोना सङ्क्रमण


नयाँ दिल्ली, वैशाख १९ : भारत २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  सोमबार बिहान जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो। थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमति मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ९९७ सक्रिय सङ्क्रमित रहेका छन्। 

Hardik ivf

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २६ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ। भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ५०० जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

२४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७२३ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ३८ हजार ९७६ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन्।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्