सानेपामा घर फोडेर ४० लाखको सामान चोर्ने पक्राउ
यही वैशाख ३ गते ललितपुरको सानेपामा गोपाल रिजालको घरको ताला फुटाएर ४० लाखबरबरको सामान चोरीमा संलग्न दुईजना पक्राउ परेका छन्।चोरीको आरोपमा जिल्ला प्रहरी...
ललितपुर, वैशाख १९ : यही वैशाख ३ गते ललितपुरको सानेपामा गोपाल रिजालको घरको ताला फुटाएर ४० लाखबरबरको सामान चोरीमा संलग्न दुईजना पक्राउ परेका छन्।
चोरीको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका अर्जुन भनिने नारायण श्रेष्ठ र काठमाडौँको टोखा घर भएका सौराज सुनार भनिने सौराज गजमेरलाई पक्राउ गरेको हो।
प्रहरीले रिजालको घरबाट चोएिका हिरा, सुन र चाँदीका गहना पनि बरामद गरेको छ।
नारायण सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
चोरीमा संलग्न अन्य दुई जना आरोपित फरार रहेको जनाइएको छ। आरोपीहरूले चोरी गरेका छन्।
प्रकाशित मिति: १७:२५ बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












