Kathmandu Press

दाङमा मतपत्र आइपुग्यो

दाङ, वैशाख १० : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ।निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको...
दाङमा मतपत्र आइपुग्यो
Hardik ivf

दाङ, वैशाख १० : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ।

निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन्।

यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए।  

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, वैशाख १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्