Kathmandu Press

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १९ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १९ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १८ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ७४ जना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा २ सय ११ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्