Kathmandu Press

नाइजेरियामा बोको हरामका २२ लडाकु मारिए

लागोस, वैशाख १९ : बोको हराम विद्रोहीका विरुद्धमा नाइजेरियाकाे बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन्।यहाँ भएको पछिल्लो...
नाइजेरियामा बोको हरामका २२ लडाकु मारिए

लागोस, वैशाख १९ : बोको हराम विद्रोहीका विरुद्धमा नाइजेरियाकाे बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन्।

यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ।

बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ। यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन्। नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नो राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन्।

पश्चिमी अफ्रिकी नेताहरुले केही महिना अघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए। सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ।

सो क्षेत्रमा पछिल्लो समयमा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ। यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ।यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ।

यहाँको सेनाका अनुसार सो कारबाही जारी रहेको छ।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, वैशाख १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्