सुनको मूल्यमा ८ सय रूपैयाँ गिरावट
काठमाडाैं, वैशाख १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८०० ले घटेर रु. ९८ हजार २०० तोकिएको छ।पहेंलो धातु अघिल्लो...
काठमाडाैं, वैशाख १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८०० ले घटेर रु. ९८ हजार २०० तोकिएको छ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:२० बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











