Kathmandu Press

युरोप भ्रमणका क्रममा जर्मनीकाे बर्लिन पुगे भारतीय प्रधानमन्त्री माेदी

नयाँ दिल्ली, वैशाख १९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (साेमबार) युरोपको भ्रमणमा गएका छन्।उनले सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका...
युरोप भ्रमणका क्रममा जर्मनीकाे बर्लिन पुगे भारतीय प्रधानमन्त्री माेदी

नयाँ दिल्ली, वैशाख १९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (साेमबार) युरोपको भ्रमणमा गएका छन्।

उनले सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकाे भारतका विदेश सचिव विनय मोहन क्वात्राले जानकारी दिएका छन्।

विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीले यसपटक युरोप भ्रमणका क्रममा उनले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिबारे भारतको धारणा राख्ने बताए।

उनी सोमबार नै जर्मनी पुगिसकेका छन्। जर्मनीपछि उनीले डेनमार्क र फ्रान्सको भ्रमण गर्नेछन्।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्