Kathmandu Press

पर्वतमा आचारसंहिता पालनामा कडाइ

काठमाडाैं, वैशाख १९ : पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ। आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो। आचारसंहिता अनुगमन...
पर्वतमा आचारसंहिता पालनामा कडाइ

काठमाडाैं, वैशाख १९ : पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ। आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो। 

आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ। दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए।

Hardik ivf

'उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन,' उनले भने, 'उल्लंघन हुन नदिन कारबाही गर्ने निर्णय गरेका छौं।' पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारीसाधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ। सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदूषण र जनजीवनसमेत प्रभावित भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लंघनका काम नर्गन भन्दै आइतवार  बजार क्षेत्रमा माइकिङ गरेको छ। शुरुमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताए।

आचारसंहिता विपरीत प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए। 

प्रकाशित मिति: ११:४० बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्