मत माग्न घरदैलो अभियानमा उम्मेदवार
गलकोट, वैशाख १९ : स्थानीय निर्वाचनका लागि राजनीतिक दलले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।सत्तारुढ गठबन्धन र नेकपा...
गलकोट, वैशाख १९ : स्थानीय निर्वाचनका लागि राजनीतिक दलले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।
सत्तारुढ गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मतदाताका घरघरमा पुग्न थालेका छन्। नेपाली कांग्रेसले बागलुङ नगरपालिका वडा नं. ४ र ५ बाट घरदैलो अभियान शुरुआत गरेको छ।
त्यस्तै, एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम शुरु गरेको छ। अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन्।
मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ।
अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन्। गाउँदेखि शहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ। दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन्।
उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन्।
गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड, बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए।
एमालेले बागलुङ नगरमा आइतबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिए। (रासस)












