चेन्नईसँग सनराईज १३ रनले पराजित
काठमाडौं, वैशाख १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ।चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित...
काठमाडौं, वैशाख १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ।
चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले ६ विकेट गुमाएर १८९ रन बनायो।
हैदराबादका लागि निकोलस पुरनले ६४, केन विलियमसनले ४७, अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन बनाए।
चेन्नईका लागि मुकेश चौधरीले चार, मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक एक विकेट लिए।
पहिले ब्याटिङ गरेको चेन्नईले दुई विकेटको क्षतिमा २०२ रन बनाएको थियो। चेन्नईका लागि ऋतुराज गायकवाडले ९९ र डेभोन कोन्वेले ८५ रन बनाएका थिए।
हैदराबादका टी नटराजनले दुई विकेट लिएका थिए।
प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












