Kathmandu Press

ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङ, वैशाख १९ : स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता...
ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङ, वैशाख १९ : स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी पनि फिर्ता भएसँगै निर्विरोध निर्वाचित भएका हुन्। हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्।

Hardik ivf

त्यस्तै, एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। जसमा नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

नेकपा (एमाले) बाट एक जना र नेकपा (माओवादी केन्द्र) बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल निर्विरोध भएकी छिन्।

कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन्।

यस्तै फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छिन्। मिक्वाखोला–५ पापुङमा  माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए।

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्