Kathmandu Press

ईलाम र ताप्लेजुङ्गका गुल्ममा प्रधानसेनापतिको निरीक्षण

काठमाडौं, वैशाख १८ : प्रधानसेनापति महारथी प्रभुराम शर्माले ईलामस्थित श्री रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित श्री भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।भ्रमणको...
ईलाम र ताप्लेजुङ्गका गुल्ममा प्रधानसेनापतिको निरीक्षण

काठमाडौं, वैशाख १८ : प्रधानसेनापति महारथी प्रभुराम शर्माले ईलामस्थित श्री रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित श्री भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिएका थिए ।

निरीक्षणकै क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न स्थानीय तह निर्वाचनको सुरक्षामा केन्द्रित रही ईलाम जिल्लास्थित दानाबारी ईलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको समेत निरीक्षण गरी ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी समेत लिएका थिए । 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्