Kathmandu Press

एनआरएनए स्वास्थ्य समितिमा डा. सापकोटा

काठमाडाैं, वैशाख १८ : गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत भएका छन्।एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई...
एनआरएनए स्वास्थ्य समितिमा डा. सापकोटा

काठमाडाैं, वैशाख १८ : गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत भएका छन्।

एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेकाे हाे।

Hardik ivf

ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन्।

उनीसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्यांक विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिए।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्