Kathmandu Press

दुई दलित महिला सदस्य निर्विरोध

काठमाडाैं, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषा र महोत्तरीमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-५ मा...
दुई दलित महिला सदस्य निर्विरोध

काठमाडाैं, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषा र महोत्तरीमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन्। 

Hardik ivf

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएकी हुन्। 

यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार बन्नुभएको कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्