थप २० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २२१ जना
काठमाडाैं, वैशाख १८ : नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १८...
काठमाडाैं, वैशाख १८ : नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन्। हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन्।
प्रकाशित मिति: १५:४८ बजे, आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












