Kathmandu Press

रुपन्देही मर्चवारीमा उम्मेदवारको निधन

रुपन्देही, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एकजनाको निधन भएको छ । एमालेका तर्फबाट रुपन्देहीको मर्चवारी गाउँपालिका–३ को दलित महिला...
रुपन्देही मर्चवारीमा उम्मेदवारको निधन

रुपन्देही, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एकजनाको निधन भएको छ । 

एमालेका तर्फबाट रुपन्देहीको मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो।

Hardik ivf

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए। 

उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाइने बताए।

शुक्रबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ का वडाध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको निधन  भएको थियो।

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्