Kathmandu Press

‘समर लभ’ र ‘न यता न उता’ भिड्दै

काठमाडौं, माघ २३ : फिल्म निर्माणको क्रम बढेसँग रिलिजमा पनि टक्कर हुन थालेको छ । केही सातायता दुई फिल्म रिलिज हुँदै आएका छन् ।

यो साता पनि दु....

‘समर लभ’ र ‘न यता न उता’ भिड्दै

काठमाडौं, माघ २३ : फिल्म निर्माणको क्रम बढेसँग रिलिजमा पनि टक्कर हुन थालेको छ । केही सातायता दुई फिल्म रिलिज हुँदै आएका छन् ।

यो साता पनि दुई फिल्म भिड्ने भएका छन् । यो साता भिड्ने फिल्म हुन्, ‘समर लभ’ र ‘न यता न उता’ । प्रेमकथामा आधारित ‘समर लभ’ र कमेडिमा प्रधान ‘न यता न उता’ एकै दिन शुक्रबार रिजिल हुन लागेका हुन् ।

Hardik ivf

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’लाई एक्सन कटमा निर्देशक मुस्कान ढकालले उतारेका हुन् । युवाको प्रेम र विछोडमा आधारित ‘समर लभ’मा सायाको भूमिकामा अभिनेत्री रेवती क्षेत्री र अतितको भूमिकामा आशिष पियाको अभिनय रहेको छ ।

उनीहरुसँगै अभिनेत्री नम्रता सापकोटा र सुरज सिंह ठकुरीलाई पनि फिल्ममा देख्न पाइने छ । फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी छन् ।

त्यस्तै, मिराज रोश र विषारद बस्नेतको निर्देशन रहेको फिल्म ‘न यता न उता’मा ऋिचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ्ग, रबिन्द« झा, नम्रता सापकोटा, कमलमणि नेपाल, राजाराम पौड्याल, मिराज राश र समिर दीक्षितको अभिनय रहेको छ ।

ओम गुरुङ र मिना लामाले निर्माण गरेको यो फिल्ममा भरपूर कमेडि रहेको छ ।

 

प्रकाशित मिति: ११:४० बजे, बुधबार, माघ २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्