Kathmandu Press

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, वैशाख ९ : अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ।संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा...
अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, वैशाख ९ : अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो।

Hardik ivf

पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ।

अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुदा कैयौँ नागरिकको ज्यान गएको थियो। त्यसैगरी शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो।

यहाँका अल्पसंख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्