Kathmandu Press

इजिप्टमा सवारी दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु

कायरो, वैशाख ९ : यहाँ शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ।अरु चार जना घाइते भएका बताइएको...
इजिप्टमा सवारी दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु

कायरो, वैशाख १८ : यहाँ शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ।

अरु चार जना घाइते भएका बताइएको छ। इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो। त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए।

नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन्। घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन्।

उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १२:३० बजे, आइतबार, वैशाख १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्