Kathmandu Press

श्रीलंकमा विरोध प्रदर्शन हुने, अमेरिकी दूतावासद्वारा 'प्रदर्शन चेतावनी' जारी

कोलम्बो, वैशाख १८ : श्रीलंकामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शनअघि 'प्रदर्शन चेतावनी' जारी गरेको छ।देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो...
श्रीलंकमा विरोध प्रदर्शन हुने, अमेरिकी दूतावासद्वारा 'प्रदर्शन चेतावनी' जारी

कोलम्बो, वैशाख १८ : श्रीलंकामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शनअघि 'प्रदर्शन चेतावनी' जारी गरेको छ।

देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर प्रदर्शन र मार्चको योजना बनाइएको छ।

Hardik ivf

'प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ,' अमेरिकी दूतावासले जनाएको छ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसहरूलाई असर गरिरहेको छ। अहिले देशलाई आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य पारिरहेको छ।

कोभिड–१९ महामारीको समयमा पर्यटनमा रोक लगाएको कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको हो। यसले देशलाई पर्याप्त इन्धन किन्न असमर्थ बनाएको छ।

मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन्।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्