Kathmandu Press

ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध

काठमाडौं, वैशाख १८ : ललितपुरका विभिन्न स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी...
ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध

काठमाडौं, वैशाख १८ : ललितपुरका विभिन्न स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरको प्रमुख गोमा घिमिरेले जानकारी दिइन्।

Hardik ivf

विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै उनले विभिन्न वडा १५ जना वडाध्यक्ष र अन्य सदस्यहरू गरी ४९ जनाको उम्मेदवारी फिर्ता भएको जानकारी दिए।

त्यसैगरी महालक्ष्मी नगरपालिकामा २२९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा एक प्रमुख, विभिन्न वडाबाट सातजना वडाध्यक्ष र अन्य सदस्य गरी १७ जनाले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिइन्।

गोदावरी नगरपालिकाबाट विभिन्न पदमा ३२३ जनाले उम्मेदवारी दिएकामा एक नगरप्रमुख, ६ जना वडाध्यक्ष र अन्य ६ सदस्यहरू गरी १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कार्यालयका अनुसार बागमती गाउँपालिकामा विभिन्न पदमा ९२ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष दुई गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै महाङ्काल गाउँपालिकामा विभिन्न पदमा कूल १०५ जनाले उम्मेदवारी दिएकामा उपाध्यक्ष दुई र सदस्य दुई गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कोन्ज्योसोम गाउँपालिकामा भने कूल ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा उपाध्यक्ष एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन्।

ललितपुर जिल्लाका सबै पालिकामा गरी एक हजार ४१५ जनाले उम्मेदवारी दिएकामा कूल ९० जनाले उम्मेदवारी फिर्ता लिएको र चारजना निर्विरोध भएका हुन्। निर्विरोध हुनेहरूमा नेकपा (एमाले) का तर्फबाट ललितपुर महानगरपालिका–११ की दलित महिला सदस्य सूचीना परियार निर्विरोध भएकी छन्।

कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नं ४ मा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध भएको कोन्ज्योसोम गाउँपालिकाकी निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिए। बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। (रासस)

प्रकाशित मिति: ०७:३१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्