Kathmandu Press

तीन दिनदेखि वेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाम, वैशाख १८ : इलाममा तीन दिनदेखि वेपत्ता रहेकी एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।इलाम नगरपालिका-८ सिङफ्रिङमा ३१ वर्षीय बिनिता काफ्लेको...
तीन दिनदेखि वेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाम, वैशाख १८ : इलाममा तीन दिनदेखि वेपत्ता रहेकी एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।

इलाम नगरपालिका-८ सिङफ्रिङमा ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। तीन दिनअघि     महिला हराएपछि आफन्त तथा स्थानीयवासीले खोजी गर्न थालेका थिए।

खनेको ठाउँ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए। उनले पुरिएको शव निकालेको बताए।

हत्या गरेर गाडेको प्रहरीले आशङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए।

बिनिताका श्रीमानको दुई वर्षअघि  विदेशमा मृत्यु भएको परिवारको भनाइ छ। उनीहरूकी चार वर्षीया छोरी छन्। (रासस)

 

प्रकाशित मिति: ०७:१६ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्