Kathmandu Press

आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं, वैशाख १८: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले नवौं खेलमा पहिलो जित हासिल गरेको छ।गएराति भएको खेलमा राजस्थान रोयल्सलाई पाँच विकेटले...
आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं, वैशाख १८: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले नवौं खेलमा पहिलो जित हासिल गरेको छ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बईले पहिलो जित हासिल गरेको हो। राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले १९.२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गरेको हो।

Hardik ivf

मुम्बईका लागि सूर्यकुमार यादवले ५१, तिलक बर्माले ३५, इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाए।

पहिलो ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ६७ र, आर आश्विनले २१ रन बनाएका थिए।

यो जितसँगै मुम्बई इन्डियन्स २ अंक जोडेको छ। मुम्बई अंक तालिकाको पुछारमा छ। अहिलेसम्म खेलेका नौमध्ये ६ खेल जितेको राजस्थान १२ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: ०७:१० बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्