Kathmandu Press

निःशुल्क मुटुरोग शिविरबाट एक हजार ५०० लाभान्वित

म्यादी, बैशाख १७ : म्याग्दीको बेनीमा आज सम्पन्न निःशुल्क मुटुरोग उपचार शिविरबाट एक हजार ५०० जना लाभान्वित भएका छन्। काठमाडौँको सेभ द हार्ट,...
निःशुल्क मुटुरोग शिविरबाट एक हजार ५०० लाभान्वित

म्यादी, बैशाख १७ : म्याग्दीको बेनीमा आज सम्पन्न निःशुल्क मुटुरोग उपचार शिविरबाट एक हजार ५०० जना लाभान्वित भएका छन्। काठमाडौँको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो।

शिविरका संयोजक हरिकृष्ण गौतमले शिविरमा म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ जिल्लाका एक हजार ५०५ जनाले सेवा लिएका जानकारी दिए। आठ सय ६३ को मुटुको इसिजी, ६०० जनाको इको गरिएको थियो। शल्यक्रिया गर्नुपर्ने ४९ बिरामी पहिचान भएका छन्। एक चालिस जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएका छन्। चार बच्चा र अन्य १६ जनालाई सेभ द हार्टले काठमाडौँमा निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वमा काठमाडौँबाट आएका ४० चिकित्सक र बेनी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

Hardik ivf

स्वास्थ्य परीक्षण र परामर्शका साथै निःशुल्क औषधि वितरणसम्बन्धी सेवा पनि दिइएको थियो। शिविरको समापनका क्रममा चिकित्सक भट्टराईले बालबालिकामा पनि मुटुरोगको समस्या देखिन थालेकाले सचेत रहनुपर्ने बताए।

सेभ द हार्टले देशव्यापीरूपमा शिविर सञ्चालन गर्दै आएको बताए। म्याग्दीसहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हालसम्म करिब ९६ हजार मुटुरोगीको परीक्षण गरिएको डा भट्टराईले बताए। उनका अनुसार शिविरमा हालसम्म करिब एक हजार ३०० बिरामीको ओपनहार्ट सर्जरी गरिएको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन्।

शिविरका संयोजक गौतमले हालैमात्र आफ्नो सानो छोराको मुटुसम्बन्धी रोगको डा भट्टराईकै टिमले सफल उपचार गरेकामा धन्यवाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताए।

शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले विसं २०७१ मा स्थापना भएको कोषले हालसम्म २४९ बिरामीको उपचारमा सघाएको जानकारी दिए। एक करोड तीन लाखको अक्षयकोष रहेको कोषले आफ्नो ब्याज र अभियानबाट हालसम्म रु दुई करोड ५३ लाख १९ हजार १२९ बिरामीको उपचार तथा विपद्को समयमा सहयोग गरेको शाक्यले बताए।

प्रकाशित मिति: १९:५८ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्