Kathmandu Press

बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ

बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ
Hardik ivf

बागलुङ, बैशाख १७ : जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ। प्यूठानको स्वर्र्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट पक्राउ गरेको हो।

शङ्कास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङबाट काठमाडौँ लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए। बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्