Kathmandu Press

कैलालीको एक होटलमा युवती मृत फेला

कैलाली, बैशाख १७ : कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी...
कैलालीको एक होटलमा युवती मृत फेला

कैलाली, बैशाख १७ : कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन्। उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको उपाध्यायले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्