Kathmandu Press

उदयपुर र महोत्तरीमा तीन दलित महिला निर्विरोध सदस्य

उदयपुर, वैशाख १७ : उदयपुरका दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको...
उदयपुर र महोत्तरीमा तीन दलित महिला निर्विरोध सदस्य

उदयपुर, वैशाख १७ : उदयपुर र महोत्तरीमा तीन दलित महिला निर्विरोध रूपमा सदस्य बनेका छन्। 

उदयपुरका दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

Hardik ivf

निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले) को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताए।

यस्तै जिल्लाको लिम्चुङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलहरूको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए। उनी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएकी हुन्।

माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित

आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दर्ता गराएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छ ।

बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ।

बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेकी छन्।

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्