थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २३० जना
काठमाडाैं, वैशाख १७ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६६ पिसिआर परिक्षणका क्रममा ४ जना र १...
काठमाडाैं, वैशाख १७ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६६ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।
शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। त्यस्तै थप १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन्।
हाल नेपालमा २ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४२ बजे, शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












