Kathmandu Press

आमाको मुख हेर्ने दिन : महाेत्तरीकाे अन्धाअन्धीमा भक्तजनको घुइँचो

जलेश्वर, वैशाख १७ : वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको ऐतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।प्रत्येक...
आमाको मुख हेर्ने दिन : महाेत्तरीकाे अन्धाअन्धीमा भक्तजनको घुइँचो

जलेश्वर, वैशाख १७ : वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको ऐतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ। महोत्तरीको लोहारपट्टी नगरपालिका–१ बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ।

आमाबुवालाई आफ्ना सर्वस्व मान्ने र आमाबुवाकै सेवालाई महान् धर्म मान्नेहरुको आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन्। जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुषहरु दर्शनका लागि आउने गरेको स्थानीयवासी नरेन्द्र यादवले बताए।

Hardik ivf

आमा, बुवा नभएकाहरुले यस स्थानलाई आफ्ना आमाबुवाको सम्झनाको केन्द्र बनाउने गर्दछन्। आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको स्थानीयवासी राजाराम रायको भनाइ छ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी आमाबुबालाई बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाँण लागी मृत्यु भएको र आफ्ना छोरा मरेको सुनेर आमाबुबा पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्बदन्ती छ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो। तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्बद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयवासीको आरोप छ।

धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्बद्र्धन गरी पर्यटकीयस्थलको रुपमा विकास गर्न सम्बन्धित सबै निकायसँग स्थानीयवासीले जोडदार माँग गरेका छन्।

विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढाटाढाका दर्शनार्थीहरुको ओइरो लाग्ने गरेकोमा अहिले यहाँ कहिलेकाही विशेष दिन जस्तै आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालुहरु आउने गरेको स्थानीयवासी शिवजी रायले बताए।

सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्बद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयवासीको गुनासो छ।

प्रकाशित मिति: १४:३९ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्