Kathmandu Press

राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

न्युयोर्क, वैशाख १७ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको 'घातक विस्फोट'को निन्दा गरेको छ। विस्फोटमाकम्तिमा १० व्यक्तिको मृत्यु...
राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

न्युयोर्क, वैशाख १७ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको 'घातक विस्फोट'को निन्दा गरेको छ। विस्फोटमाकम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।

सहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा नागरिक लक्ष्यहरूमा भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो। 

Hardik ivf

संयुक्त राष्ट्रसंघ समाचारका अनुसारस्थानीय अस्पतालहरूले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन्। जसमादर्जनौं मारिएका र घाइते भएका छन्। ती मध्ये धेरै बालबालिकाहरू छन्।

गैरसरकारी संस्था इमर्जेन्सीद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियोजसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। 'रमजानको पवित्र हप्ताको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार होजो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्,' उनले भने।

'आफ्नो दैनिक कामप्रार्थनाको लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो,' उनले थपे।

बिहीबार, उत्तरी अफगानिस्तानको मजार-ए-शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्।

अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तरराष्ट्रिय मानवीय कानूनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन्।

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्