Kathmandu Press

टर्कीको इस्तानबुलको कारखानामा आगलागी : ३ जनाको मृत्यु, ९ घाइते

इस्तानबुल, वैशाख १७ : टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य...
टर्कीको इस्तानबुलको कारखानामा आगलागी : ३ जनाको मृत्यु, ९ घाइते

इस्तानबुल, वैशाख १७ : टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार शहरको एसियाली किनारमा रहेको तुजला जिल्लाको एक रासायनिक कारखानामा आगलागी भएको हो।

घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ।  आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको  जनाइएको छ।

प्रकाशित मिति: १४:११ बजे, शनिबार, वैशाख १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्