Kathmandu Press

कोटेश्वरमा मोटरसाइकल नालीमा खस्दा युवकको मृत्यु

काठमाडौं, वैशाख १७: काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।प्रहरीका अनुसार प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित...
कोटेश्वरमा मोटरसाइकल नालीमा खस्दा युवकको मृत्यु
Hardik ivf

काठमाडौं, वैशाख १७: काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कोटेश्वरमा नालीमा खसेको हो। दुर्घटनामा २२ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

काभ्रेको उग्रतारा गाउँपालिका ७ का श्रेष्ठ दुर्घटनामा घाइते भएका थिए। उनलाई ट्रमा सेन्टर भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२१ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्