Kathmandu Press

लखनउसँग पञ्जाब २० रनले पराजित

काठमाडौं, वैशाख १७ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा नवप्रवेशी लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।लखनउले दिएको...
लखनउसँग पञ्जाब २० रनले पराजित

काठमाडौं, वैशाख १७ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा नवप्रवेशी लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।

लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब आठ विकेट गुमाउँदै १३३ रनमै समेटियो। यो जितसँगै लखनउ तेस्रो स्थानमा उक्लिएको छ।

पञ्जाबका जोनी बेयरस्टोले ३२, मयंक अग्रवालले २५, ऋषि धवनले २१ र लियाम लिभिङस्टोनले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

लखनउका लागि मोहसिन खानले तीन, दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले समान दुई दुई तथा रवी विश्नोईले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। लखनउका लागि क्विन्टन डि ककले ४६ र दीपक हुडाले ३४ रन बनाएका थिए।

पञ्जाबका लागि कागिसो रबाडाले चार, राहुल चहरले दुई र सन्दीप शर्माले एक विकेट लिए।

 

प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्