Kathmandu Press

कृषि विकास बैंकको एक अर्ब ३६ करोड नाफा

काठमाडौं, माघ २३ : कृषि विकास बैंकले एक अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षभन्दा बैंकले ३२.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष बै....

कृषि विकास बैंकको एक अर्ब ३६ करोड नाफा

काठमाडौं, माघ २३ : कृषि विकास बैंकले एक अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षभन्दा बैंकले ३२.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष बैंकले एक अर्ब दुई करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी थप सात रुपैयाँले बढेर २८ रुपैयाँ पुगेको छ । कर्जा निक्षेप अनुपात भने ७८.६८ प्रतिशत छ । 

निक्षेप संकलनभन्दा ऋण लगानीमा आक्रामक देखिएको बैंकले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढाएको छ । जसले गर्दा गतवर्षको भन्दा खुद ब्याज आम्दानी ३४.६७ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ ।

ऋण लगानी तथा विस्तार खर्ब नाघेको हो । पुससम्ममा बैंकले एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब सात अर्ब रुपैयाँ ऋण विस्तार गरेको हो । चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड रुपैयाँ जम्मा भएको छ ।

पूँजी कोष अनुपात थप ३.३९ प्रतिशत बिन्दुले बृद्धि भएर १८.९७ प्रतिशत पुगेको छ । खराब कर्जा थप ०.५५ प्रतिशत बिन्दुले बढेर साढे चार प्रतिशत पुगेको छ । आधार व्याजदर ११.१५ प्रतिशत छ । यो उच्च आधार दर हो ।

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, माघ २३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्