Kathmandu Press

तीस युनिट विद्युत महशुल निःशुल्क हुने सङ्कल्प प्रस्ताव

विराटनगर, बैशाख १६ : आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन्।...
तीस युनिट विद्युत महशुल निःशुल्क हुने सङ्कल्प प्रस्ताव

विराटनगर, बैशाख १६ : आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन्। विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम–२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरुले सङ्कल्प लिएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीको उपस्थितिमा भएको सो कार्यक्रममा महानगरका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचारलाई शून्यमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Hardik ivf

उनले नगरलाई व्यवस्थित एवं सफा र हरियाली बनाउने, सीमान्तकृत नागरिकले उपभोग विद्युत् महशुलमा ३० युनिटलाई निःशुल्क बनाउने र विराटनगर महानगर अस्पताल बनाई नागरिकको स्वास्थ्यमा विशेष योगदान दिने प्रतिबद्धता व्यक्त्त गरे।

जम्मा ५९ वटा बुँदालाई समेटर बनाइएको सङ्कल्प प्रस्तावअनुसार काम भएमा विराटनगर देशकै एक नमूना सहर बत्रे विश्वास जनतामा जागेको देखिन्छ। एक नगरवासीले ३० युनिट खपत गर्ने परिवारलाई विद्युत् निःशुल्क गर्ने प्रस्ताव हामी निमुखालाई निकै राहत पुग्ने बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गर्ने जस्ता सङ्कल्पअनुसार काम भएमा नगरमा समृद्ध आउने कुरालाई कसैले पनि नकार्न नसकिने स्पष्ट पारे।

प्रकाशित मिति: २०:१७ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्