Kathmandu Press

दक्षिणअफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

काठमाडाैं, बैशाख १६ : नेपालले दक्षिणअफ्रिकाका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ। दक्षिणअफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा आज आयोजित एक सङ्क्षिप्त समारोहमा कार्यवाहक...
दक्षिणअफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

काठमाडाैं, बैशाख १६ : नेपालले दक्षिणअफ्रिकाका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ। दक्षिणअफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा आज आयोजित एक सङ्क्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन।

आज प्रदान राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका प्रिटोरियास्थित उक्त दूतावासले जनाएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिणअफ्रिकाले त्यहाँको मुद्रा १० हजार र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन्।

उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई विपद्पीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गरेका थिए। दक्षिणअफ्रिका गणतन्त्रको क्वाजुलु–नाताल, पूर्वी केप र उत्तर पश्चिम प्रान्तमा हालै आएको  बाढीमा परी तीनसयभन्दा बढीको मृत्यु हुनाका साथै करोडौँको भौतिक क्षति भएको थियो।

नेपालका भूकम्पपीडितलाई २०७२ मा दक्षिणअफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका अधिकारी तथा कर्मचारी, परोपकारी संस्थाले पनि सहयोग गरेका थिए।

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्