Kathmandu Press

राष्ट्रसंघीय महासचिव र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

किभ, वैशाख १६ : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। उनीहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ।यसक्रममा उनीहरुबीच...
राष्ट्रसंघीय महासचिव र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

किभ, वैशाख १६ : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। उनीहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ।

यसक्रममा उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ। महासचिव गुटरेस हाल युक्रेनमा छन्।

Hardik ivf

यसक्रममा उनले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो। उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो।

रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ। हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ।

मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाएका थिए। 

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्