Kathmandu Press

क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने

क्यानाडाले युक्रेनस्थित आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने

ओटावा, वैशाख १६ : क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ।

क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताउनुभएको जनाइएको छ।

क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन्।

जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भनेका थिए- 'हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौं, मलाई लाग्छ अब युक्रेनमा अवस्था समान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान्।'

क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो। त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका अधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्यान्ड पठाएको थियो।

अहिले राजधानी किभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ । त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन्। 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, वैशाख १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्