Kathmandu Press

हुम्लामा म्यादी प्रहरीको मृत्यु

हुम्ला, वैशाख १६ :  हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५...
हुम्लामा म्यादी प्रहरीको मृत्यु
Hardik ivf

हुम्ला, वैशाख १६ :  हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। 

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए। मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ। 

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्