Kathmandu Press

कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन सुझाव

कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन सुझाव

नयाँ दिल्ली, बैशाख १५ : कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन विज्ञहरूले सुझाव दिएका छन्।

विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन।

Hardik ivf

टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले एएनआईसँगको अन्तर्वार्ताको क्रममा भने, 'दोस्रो डोज लगाएको ६ देखि नौ महिनाको बीचमा तेस्रो डोज लगाउनु पर्दछ।'

बढीमा नौ महिना अगाडि नै बुस्टर जोड लगाइसक्नु पर्नेमा जोड दिदै उgले पाँच महिना अगाडि लगाउन आवश्यक नभएको पनि स्पष्ट पारे।

दोस्रो डोज लगाएकाहरूले खोप लगाएको पाँच, छ महिनाभन्दा बढी समय भएको भए तत्काल उनीहरूलाई तेस्रो मात्रा लगाउने व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई छ।

बढीमा नौ महिना भित्रमा तेस्रो मात्राको खोप लगाएन भने कोरोनाको असर बढी पर्ने भएकाले अहिले नै सतर्क हुन उनले सुझाव दिए।

भारतमा चाडै नै कोरोना भाइरसको चौथो महामारी सुरु हुन सक्ने चेतावनी दिदै उनले त्यसबाट लड्न सबैले तेस्रो मात्राको खोप लगाएर बस्नु पर्ने बताए।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्